पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। बुधबार दिउँसो १ बजेर ५ मिनेट जाँदा चितवनको इच्छाकामना ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वर्षा हुनासाथ नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध हुँदै आएको छ।

सुझावित समाचार