एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न भनेको हो ।
यसका लागि ग्राहकले बैंकको वेबसाइट या मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’मा गई अद्यावधिक गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट प्यान अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई इ–टिडिएसमा प्रविष्ट गरिने र ग्राहकले करकट्टी प्रमाणपत्र र करचुक्ता प्रमाणपत्र लिन बैंक धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्न यो सुविधा ल्याएको बैंकले जनाएको छ ।