अहिलेको सरकारलाई चुनावसम्म सुदृढ ढंगले लगिन्छ : ओली

यो सरकारलाई सुदृढ ढंगले चुनावसम्म लाने र चुनावपछि पनि यसैलाई कायम राख्ने विषयमा छलफल

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले अहिलेको सरकारलाई अर्को चुनावसम्मै बलियो र सुदृढ ढंगले अगाडि बढाउने बताएका छन् ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले त्यस्तो बताएका हुन् ।

‘यो सरकारलाई सुदृढ ढंगले चुनावसम्म लाने र चुनावपछि पनि यसैलाई कायम राख्ने विषयमा छलफल भयो,’ छलफलबारे सञ्चारकर्मीको जिज्ञाशामा ओलीले भने ।

बैठकमा सत्तासमीकरणभित्र देखिएका मनोमालिन्य अन्त्य गरी एकताबद्ध भएर अगाडि बढ्ने विषयमा छलफल भएको नेताहरूको भनाइ छ । 

See More On

सुझावित समाचार