साहित्यकार सरितको लघुकथा ‘एकमुठी घाम’ लोकार्पण

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको लघुकथासंग्रह ‘एकमुठी घाम’को लोकार्पण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उनको कृति लोकार्पण गरिएको हो ।

पूर्वमन्त्री तथा सांसद रघुजी पन्तले कृति लोकार्पण गर्दै साहित्यकार सरितका रचनाहरू फुटकर रूपमै भए पनि आफूले प्रशस्त अध्ययन गर्दै आएको र विमोचित कृतिमा युग चेतना र समय चेतना प्रबल रूपमा रहेको बताउँदै आगामी दिनमा  स्रष्टाबाट अझ उत्कृष्ट कृति नेपाली साहित्यले पाउने विश्वास पनि व्यक्त गरे । 

साहित्यकार दिल पौडेलको अध्यक्षतामा  भएको उक्त कार्यक्रममा प्रा.डा . गोपीन्द्र पौडेल, डा. शैलजा पोखरेल, डा. रमेश शुभेच्छु, कथाकार नारायण तिवारी र  डा. पुष्करराज भट्टले कृतिमाथि समीक्षा गरेका थिए । 

सुझावित समाचार