रावा बैंकको नयाँ शाखा पाँचखालमा

बुधबार, ६ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । योसँगै बैंकका शाखा कार्यालयको संख्या दुई सय ८८ पुगेको छ । 

बैंकले हाल देशभरका दुई सय ८८ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा दिँदै आइरहेको छ ।

सुझावित समाचार