शनिबार एमाले संसदीय दलको बैठक बस्ने

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

प्रमुख सत्तासाझेदार दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ। 

समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक बोलाइएको प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

बैठकलाई अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सम्बोधन गर्नेछन्। 

बैठकमा आगामी आवको बजेटमाथिको छलफल, बर्खे अधिवेशनमा कानुन निर्माणमा एमालेको भूमिका, सरकारको कामकारबाहीलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

सुझावित समाचार