प्रज्ञा-प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले  ‘अनुवाद गोष्ठी’ सम्पन्न गरेको छ । अनुवादक समाज नेपालको सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार भएको कार्यक्रममा उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले उद्घाटन गर्दै अनुवाद दुई आयामिक भाषाको ज्ञान र सञ्चार भएको उल्लेख गरे ।

आफ्नै रैथाने भाषाभाषीमा पनि अनुवादको काम हुनुपर्नेमा उनले जोड दिए । लोकभाषा, साहित्य, कथन, इतिहास, संस्कृति र मौलिकतालाई बुझ्न र आत्मसात् गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै उनले प्रज्ञा–प्रतिष्ठानबाट कतिपय प्रसिद्ध पुस्तकहरू अनुवाद भइसकेको र त्यस्ता कृति थप प्रकाशित हुँदै जानेमा जोड दिए ।
 
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले भाषा जान्दैमा अनुवाद गर्न नसकिने भन्दै अनुवाद एक प्राविधिक विधा भएको बताइन् । 

गोष्ठीमा अनुवादक समाज नेपालका महासचिव डा. ऋषिराम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अनुवाद ज्ञान, विज्ञान र प्रविधिसँगसमेत जोडिने बताए ।  

सुझावित समाचार