विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका ६ प्रस्ताव अस्वीकृत

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक, २०८१’ अन्तर्गत विभिन्न चार मन्त्रालयका विनियोजित रकममाथि छलफल जारी छ। 

आजको बैठकमा सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका शीर्षकको खर्च रकममा छलफल भएको हो। 

ती मन्त्रालयका उल्लिखित रकम घटाइयोस् भनी विभिन्न ६ जना सांसदले राखेका खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। 

उक्त प्रस्ताव राख्ने सांसदहरूमा प्रेम सुवाल, डा. अमरेशकुमार सिंह, अजरकुमार चौरासिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियार थिए। 

सुझावित समाचार