लक्ष्मी सन्राइज बैंकले प्रोजेक्ट फाइभ के परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । बैंकले १ जुनदेखि एक साताभर विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थाहरूको सहकार्यमा ६ हजार वृक्षारोपण गरेको छ ।
विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिरपरिसरमा वृक्षारोपण गरिएको हो । प्रोजेक्ट फाइभ केसँगै बैंकले आफ्नो एभोइडेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।