धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.५९ अंकले ओरालो लागेर दुई हजार ७३.१९ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंकले ओरालो लागेर तीन सय ६८.१८ मा सीमित भएको छ।
एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता सेयर रु. पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ मा कारोबार भयो।
नेप्सेका अनुसार इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटेल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन्।
यस्तै, बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स ७.१२, लक्ष्मी लघुवित्त ६.६१, माईखोला हाइड्रोपावर ५.३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाएका छन्।