व्यास नगरपालिकाको पुन: मतगणना मुद्दा सर्वोच्चमा

शुक्रबार, २५ जेठ, २०८१
डिजिटल संस्करण

तनहुँको व्यास नगरपालिकाको २ असारमा पुन: मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुन: मतगणना माग गर्दै १२ जेठ ०७९ मा मतगणना कार्य बदर गरी दोहोर्याएर मतगणना गरिपाऊँ भनी अदालतमा रिट दर्ता गरेका थिए ।

जोशीको मागअनुसार उच्च अदालतले २ असारमा पुन: मतगणना गर्न १ जेठमा आदेश गरेको थियो । 

सुझावित समाचार