सुनको मूल्य तोलामा १८ सयले बढ्यो

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु. एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आज रु. एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य आज रु. एक हजार आठ सय ५० निर्धारण गरिएको छ। चाँदीको मूल्य बुधबार प्रतितोला रु. एक हजार आठ सय २५ रहेको थियो। 

सुझावित समाचार