महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिएको छ।
बैंकको वार्षिकाेत्सव महिनाको रूपमा रहेको जेठ महिना तथा ३०औँ वार्षिकाेत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ। बैंकले क्रमशः विद्युतीय गाडीको प्रयोग बढाउँदै जाने बताएको छ।
यस्तै बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर २२ देखि २५ जेठसम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ। उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाए।