दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार समूह ‘डी’ मा दक्षिण अफ्रिकाले श्रीलंकामाथि ६ विकेटको जित निकालेको छ ।

न्युयोर्कमा पहिलो ब्याटिङ गरेको श्रीलंकाले १९.३ ओभरमा सवै विकेट गुमाएर ७७ रनको झिनो योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेटको क्षतिमा जित ८० रन जोड्दै जित निकाल्यो । 
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी कोकले २७ बलमा २० रनको योगदान दिए । कप्तान एडेन माक्रामले १४ बलमा १२ रन जोडे ।

हेनरिक क्लासेनले नटआउट १९ रन बटुल्न २२ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । डेभिड मिलरले ६ बलमा ६ रन जोडे । उनले नै दक्षिण अफ्रिकाका लागि विजयी चौका प्रहार गरेका थिए । 
यसअघिको ब्याटिङमा दक्षिण अफ्रिकाका लागि एनरिच नोर्जेले घातक बलिङ गर्दै सात रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए ।

केशव महाराजले २२ रनमा दुई विकेट हात पारे । श्रीलंकाको कमजोर ब्याटिङमा ओपनर कुशल मेन्डिसले ३० बल सामना गरी १९ रन जोडे । एन्जेलो म्याथ्युसले १६ बलमा दुई छक्का प्रहार गरी १६ रन जोडे ।

सुझावित समाचार