सिट्रोन इसी–३ साइन भेरियन्ट सार्वजनिक

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

फ्रान्सेली ब्रान्ड सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन इसी–थ्रीको प्रिमियम मोडेल साइन नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचर र डिजाइनका साथ नेपाली बजारमा उपलब्ध यो इलेक्ट्रिक गाडीले ड्राइभिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य कम्पनीले लिएको छ ।

अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी सुविधाले सुसज्जित यस इलेक्ट्रिक गाडी सिट्रोन इसी–३ साइनमा अगाडि र पछाडि स्किड प्लेटहरू, रियर क्यामरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेयरिङ ह्विल, एलोय ह्विल र इलेक्ट्रिकल ओआरभिएमजस्ता फिचरहरू समावेश रहेका र यिनीहरूले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसको सरुवाती मूल्य ३५.९९ लाख रुपैयाँ तोकिएको छ । किफायती मूल्यमा उपलब्ध इसी–३ साइनले विद्युतीय गाडीहरूको गतिशीलतालाई नेपाली बजारमा पहुँचयोग्य बनाउँदै लैजाने बताइएको छ । 

सांग्रिला मोटर्स दिगो ब्याट्री व्यवस्थापनका लागि प्रतिबद्ध रहनुका साथै भारतको सबैभन्दा ठूलो लिथियम–आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्रीहरू प्रबन्ध गरिरहेकोे छ । यो साझेदारीले दिगोपन र वातावरणीय जिम्मेवारीप्रतिको समर्पणलाई पनि जोड दिएको कम्पनीको भनाइ छ । 
सिट्रोन एक सय ३० वर्षको विरासत बोकेको लोकप्रिय फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो । अटोमोटिभ उद्योगमा यसले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनियरिङ क्षमताको प्रतीकका रूपमा स्थापित गरेको बताइएको छ ।

सुझावित समाचार