मन्दिर निर्माणको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सबइन्जिनियरलाई पक्राउ गरेको छ।
टंगालबाट खटिएको अख्तियारकाे टोलीले पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौंका सबइन्जिनियरद्वय राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग घुस लिएको भन्ने सूचनापश्चात् काठमाडौं महानगरपालिका– ३१ बानेश्वरमा रहेको इकाइस्थित कार्यकक्षबाटै नगद १७ हजारसहित उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।