राष्ट्रपतिको स्विट्जरल्यान्ड र जर्मनी भ्रमण स्वीकृत

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन जेठ ३१ गते स्विट्जरल्यान्ड जाँदै छ। त्यहाँबाट संघीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम रहेकोमा सरकारले स्वीकृत गरेको हो।

सुझावित समाचार