एसबिआई मर्चेन्ट र पिपुल्स डेन्टलबीच सम्झौता

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिबीच व्यावसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्द र एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरे  ।

सहमतिपत्रमा उल्लेख भएअनुसार एसबिआई बैंक तथा एसबिआई मर्चेन्टमार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाताधारकले पिपुल्स डेन्टलमा सेवा लिँदा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । साथै, दाँतसम्बन्धी अन्य सेवामा ५ प्रतिशत, बेड चार्जमा १५ प्रतिशत तथा ल्याब भिडियो एक्सरे, इसिजी र ओटीमा क्रमशः १० प्रतिशत छुट प्रदान गर्ने सहमति भएको बताइएको छ ।
 

सुझावित समाचार