कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विरोधमा जनकपुरका धर्ना दिइएको छ।
बुधबार जनकपुरमा अध्यक्ष सिरोहियाको पक्राउको विरोध गर्दै नागरिक समाज, व्यापारीहरूले जनकपुर जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय जाने बाटोमा धर्ना दिएर विरोध गरेका हुन्।

नागरिकता विवादमा मंगलबार काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषा ल्याइएको छ।
तस्बिर : हदिश खुद्दार/नयाँ पत्रिका