सामसङ नेपालले ग्यालेक्सी एम–१५ फाइभजी सार्वजनिक गर्ने घोषणा गरेको छ । एम सिरिजअन्तर्गत मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसर रहेको फोन ग्यालेक्सी सिग्नेचर डिजाइनका साथ आउने कम्पनीले जनाएको छ ।
एम–१५ ब्लु टोपाज र स्टोन ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ । ६ हजार एमएएच ब्याट्री क्षमता रहेको यो स्मार्ट फोनले प्रयोगकर्तालाई दिनभर कनेक्टेड राख्न सहयोग पुर्याउने कम्पनीको दाबी छ । ६ जिबी र्याम र १२८ जिबी इन्टरनल मेमोरी रहेको यस फोनको मूल्य २५ हजार नौ सय ९९ रुपैयाँ छ ।