महालक्ष्मी विकास बैंक र एनसिएचएलबीच समझदारी

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

विकास बैंकमध्ये महालक्ष्मी एनसिएचएलसँग अन्तरदेशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो बैंक भएको बताइएको छ । 

सम्झौतापछि अन्तरदेशीय कारोबार (क्रस बोर्डर भुक्तानी) सुरु भएसँगै नेपालमा रहेका भारतीयले आफ्ना बैंकमा खोलिएका खातामार्फत सीधै रकमान्तर गर्ने सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । 

यसैगरी, भारतमा रहेका नेपाली नागरिकले पनि युपिआई इनेबल्ड एप प्रयोग गरी सीधै रकमान्तर गर्ने व्यवस्था उपलब्ध हुने बताइएको छ ।

सुझावित समाचार