एकै दिन बिवाइडीका ५० गाडी डेलिभरी

सोमबार, ७ जेठ, २०८१
डिजिटल संस्करण

बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एकै दिन ५० युनिट गाडी डेलिभरी गरेको छ । शनिबार काठमाडौंको गुह्येश्वरी र बिवाइडी सर्भिस सेन्टरबाट एट्टो–३ र डल्फिन मोडेलका गाडी डेलिभरी गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रोड साइड अस्टिेन्स (आरएसए) सवारीसाधनका रुपमा बिवाइडी ई–६ समेत सार्वजनिक गरिएको छ । रमाइलो ड्राइभिङ अनुभव लिनेहरूका लागि यी गाडी उपयुक्त हुने कम्पनीको भनाइ छ । 

‘सर्भिस सेन्टरबाट ५० बिवाइडी गाडी डेलिभरी गरेर र सात वर्ष पुरानो बिवाइडी गाडीलाई डेडिकेटेड आरएसए भेहिकलका रूपमा परिचित गराएर साइमेक्स इंकले यो क्षेत्रमा नयाँ आयाम थपेको छ,’ साइमेक्स इंकका सर्भिस हेड सुशील तण्डुकारले भने, ‘अत्याधुनिक इभी प्रविधि र दिगो मोबिलिटी सोलुसनको पहुँच ग्राहकमाझ पुयाउने हाम्रो अडिग प्रतिबद्धतालाई यसले दर्साउँछ । आरएसए भेहिकलको परिचयसँगै बिवाइडी ग्राहकलाई देशभर व्यापक सपोर्ट र सर्भिस प्रदान गर्ने कम्पनीको समग्र दृष्टिकोणलाई यसले अझै बलियो बनाएको छ ।’

बिवाइडी डल्फिन र बिवाइडी एट्टो–३ एड्भान्स्ड फिचर, सुपेरियर पफर्मेन्स र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय रहेका र ग्राहकलाई अद्वितीय ड्राइभिङ अनुभव प्रदान गर्न तथा वातावरण संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको दाबी छ ।

See More On

सुझावित समाचार