बबईमा डुबेर दाजुभाइको मृत्यु

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका– ७ ओदालेघाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । 

भारतबाट फुपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दीपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए । 

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दीपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

See More On

सुझावित समाचार