प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन वार्ता

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ।

आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री प्रचण्डसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए। 

त्यसक्रममा उनहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको पनि अधिकारीले बताए।

प्रधानमन्त्री दाहलले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल, सत्ताघटक दलहरूसँग विपक्षीका मागबारे कुराकानी भएको र आज साँझसम्म निष्कर्षमा पुगिने बताएको सभामुखलाई उद्धृत गर्दै अधिकारी ले जानकारी दिए। 

प्रधानमन्त्री दाहलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए। प्रधानमन्त्री दाहलले आफू चितवनबाट फर्केलगत्तै संसदको गतिरोध अन्त्यका विषयमा संवाद सुरू गर्ने पनि जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए। उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गनुपर्नेमा जोड दिए। 

सुझावित समाचार