दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन्। आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी ‘फिल्ड’ कार्यालय प्रमुख खिमलाल गौतमले जानकारी दिए। 

कार्यालय प्रमुख गौतमका अनुसार शुक्रबार बिहान ५ बजे ‘रुट फिक्सिङ’ टोलीले आरोहणका लागि बाटो निर्माणको काम सुरु गरेको थियो। ‘उहाँहरू शुक्रबार राति ८:१५ बजे शिखरमा पुग्न सफल हुनुभयो, अब यस सिजनका लागि आरोहणको बाटो खुल्यो, पहिलोपटक शेर्पा टोली पुगेपछि अब अन्य आरोहीहरू जान्छन्,’ उनले भने।  

शेर्पा समूहमा टोली प्रमुख डेन्डी शेर्पा (दोलखा), तेन्जिङग्याल्जेन शेर्पा, (सोलुखुम्बु), पेम्बाटासी शेर्पा (संखुवासभा), लाक्पा शेर्पा (संखुवासभा), दाबारिन्जे शेर्पा (संखुवासभा), दाबा शेर्पा (संखुवासभा), पामदोर्जी शेर्पा(सोलुखुम्बु), सुकबहादुर तामाङ (संखुवासभा), नामग्याल दोर्जे तामाङ (सोलुखुम्बु) र लाक्पारिन्जी शेर्पा (संखुवासभा) छन्। यो वसन्त ऋतुमा ४१ वटा समूहका चार सय १४ आरोहीले सगरमाथ चढ्ने अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ।

सुझावित समाचार