तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

बिहिबार, ६ बैशाख, २०८१
डिजिटल संस्करण
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

फाइल तस्बिर

चालू आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। 

चालू आवमा रु. पाँच अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु. आठ अर्ब ५६ करोड संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए।  

पछिल्लो समय मानिसहरूको आवतजावत बढिरहेको उनको भनाइ छ। उनले यस भन्सार नाकामा पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए। 

सुझावित समाचार