पोखरीमा डुबेर बालिकाको मृत्यु

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण

रौतहटको वृन्दावन नगरपालिकामा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

आज दिउँसाे वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित खैरा टोलका किशोरकुमार बैठाकी १३ वर्षीय छोरी निरञ्जन कुमारी बैठाको पोखरीमा डुबेर ज्यान गएको हो। 

गर्मी छल्नका लागि साथीहरूसँग घरनजिकै रहेको पोखरीमा नुहाउन गएकी उनको पोखरीमा डुबेर मृत्यु भएको सो वडाका अध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन्। रौतहटमा गर्मी बढेसँगै बालबालिकाहरू घरछेउका खोला तथा पोखरीहरूमा नुहाउन जाने गरेका छन्।

See More On

सुझावित समाचार