यो सरकारलाई असफल हुने छुट छैन : महेश बर्तौला

बिहिबार, २४ फागुन, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नवगठित सरकारलाई जनपक्षीय काममा लाग्न शुभकामना दिएका छन्।

बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बर्तौलाले वर्तमान सरकारलाई शुभकामना दिँदै देश र जनताका पक्षमा काम गर्न सुझाव दिएका हुन्।

उनले भने, ‘यो सरकारले विकास, सुशासन, समृद्धि र सामाजिक न्यायलाई ध्येय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने, असफल हुने छुट छैन।’ 

सुझावित समाचार