पाँच ओभरमा नेपालले बनायो ४६ रन

बुधबार, १६ फागुन, २०८०
डिजिटल संस्करण
पाँच ओभरमा नेपालले बनायो ४६ रन

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

टी–२० आई त्रिकोणीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले नेदरल्यान्ड्सले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको छ । यसक्रममा नेपालले पाँच ओभरमा ४६ रन बनाएको छ । 

स्कोर बोर्डमा रन आउनुअघि नै पहिलो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएर ठूलो झड्का व्यहोरेको नेपाललाई अहिले अर्का ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले अघि बढाइरहेका छन् । 

यसबीच यी दुईबीच ३१ बलमा ५० रनको साझेदारी बनेको छ । आसिफले १८ बलमा ३० र रोहितले १४ बलमा १९ रन बनाएका छन् । 

सुझावित समाचार