नेपालले पाँच ओभरमा दुई विकेट गुमाएर बनायो ४५ रन

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण
नेपालले पाँच ओभरमा दुई विकेट गुमाएर बनायो ४५ रन

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका ।

टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा नामिबियाले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभरको समाप्तिमा दुई विकेट गुमाएर ४५ रन बनाएको छ । 

कप्तान रोहितकुमार पौडेल र विस्फोटक ब्याटर कुशल मल्ल क्रिजमा छन् । नेपालले दुवै ओपनरलाई गुमाइसकेको छ । 

कुशल मल्ल पहिलो बलमै रुबेन ट्रम्पलमेनको बलमा एलबिडब्लू आउट भए । ६ बलमा ६ रन बनाएर अर्का ओपनर आसिफ शेख पनि पेभेलियन फर्किए । उनलाई पनि ट्रम्पलमेनले नै आफ्नो दोस्रो सिकार बनाएका हुन् । 

दुई विकेट चाँडै गुमाएपछि दबाबमा आएको नेपाललाई अहिले कप्तान पौडेल र कुशल मल्लले सम्हालिरहेका छन् । दुवैले केही राम्रा सट प्रहार गरेर राम्रो फर्ममा रहेको संकेत देखाएका छन् । 

सुझावित समाचार