श्रीलंकाली कप्तान हसरंगालाई दुई खेलमा प्रतिबन्ध

अफगानिस्तानविरुद्धको तेस्रो अन्तर्राष्ट्रिय टी–२० खेलमा अम्पायरको निर्णयमा विरोध जनाएका श्रीलंकाका हसरंगा आइसिसीको कारबाहीमा

सोमबार, १४ फागुन, २०८०
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंकाली कप्तान वानिन्दु हसरंगालाई दुई खेलमा प्रतिबन्ध लगाएकोछ । अफगानिस्तानविरुद्धको तेस्रो टी–२० खेलमा फिल्ड अम्पायरसँग विवाद गरेका कारण हसरंगालाई कारबाहीस्वरूप दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको आइसिसीले जनाएको छ । यसैगरी, अफगानिस्तानका विकेटकिपर रहमानुल्लाह गुरवाजलाई १५ प्रतिशत खेलको जरिवाना तोकेको छ । एक वर्षभित्र हसरंगाले पाँचपटक अनुशासन तोडेका छन् ।

आइसिसीले अनुशासनहीन कार्य गर्ने खेलाडीको रेटिङ अंक काट्ने गर्छ । जसमध्ये हसरंगाले पाँचमध्ये दुई अंक गुमाएका छन् । ‘हसरंगाले पाँचमध्ये दुई अंक गुमाएका छन्, यसैकारण उनलाई कारबाही गरिएको हो,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आइसिसीका अनुसार हसरंगाले एक टेस्ट वा एक टी–२० खेल गुमाउन सक्नेछन्, यद्यपि उनले एकदिवसीय खेलसमेत गुमाउनेछन् । 

अम्पायरसँग विवाद
गत साता अफगानिस्तानसँगको तेस्रो अन्तर्राष्ट्रिय खेलमा फिल्डमा रहेका अम्पायरसँग श्रीलंकाली कप्तान हसरंगाले सामान्य विषयमा विवाद गरेका थिए । अफगानिस्तानका एक खेलाडीले फुल टस बल फ्याँक्दा उनले नोबलको अपिल गरेका थिए । फिल्डका अम्पायर लिन्डन हेनिबलले सामान्य हाइटमा बल रहेको जनाए । तर, श्रीलंकाली खेलाडीले त्यसको विरोध जनाए । उनले बारम्बार नो बल रहेको दाबी गरे । यस विवादमा उनी आइसिसीको कोड २.१३ अनुसार दोषी ठहरिए । यस नियमअनुसार अन्तर्राष्ट्रिय खेलमा अम्पायरको सही निर्णयमाथि बहस गर्दा खेलाडी दोषी हुनेछन् । 

अफगानिस्तानका विकेटकिपर गुरवाजले अम्पायरको सहमतिमा बारम्बार मैदानमै ग्रिप बदलेका थिए । आइसिसीको २.४ अनुसार उनलाई कारबाही गरिएको हो । ‘अम्पायरले उनलाई बारम्बार चेतावनी दिएका थिए, तर उनले बारम्बार ग्रिप बदलेको देखिएका छन्, यसैको आधारुमा कारबाही गरिएको हो ।’ यसैबीच हसरंगा र गुरवाजले आ–आफ्नो गल्ती स्विकारेका छन् । 

सुझावित समाचार