ज्योति विकास बैंकले विद्यालयलाई दियो स्मार्ट बोर्ड

शुक्रबार, ११ फागुन, २०८०
डिजिटल संस्करण

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत नुवाकोटको देवीघाटमा रहेको विद्यालयलाई इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले श्री सहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान स्मार्ट बोर्ड प्रदान गरेको हो । 

हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई उक्त स्मार्ट बोर्ड औपचारिक रूपमा हस्तान्तरण गरेको जनाइएको छ । हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक नरेशराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डंगोललगायत बैंकका पदाधिकारी, विद्यालयका कर्मचारी तथा विद्यार्थीको उपस्थिति रहेको बैंकले जनाएको छ । 

अन्तक्र्रियात्मक सिकाइ विधिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधिसम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाका लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीको अध्ययनप्रतिको रुचिमा विकास गराउने उद्देश्यले स्मार्ट बोर्ड प्रदान गरेको बैंकले उल्लेख गरेको छ । बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रतिको दायित्व निर्वाह गरिरहेको बैंकको भनाइ छ । 

हाल बैंकले देशभरमा एक सय २१ शाखा, तीन विस्तारित काउन्टर तथा ७५ एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

सुझावित समाचार