कांग्रेसले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ : गगन थापा

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्। जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले यस्तो दाबी गरेका हुन्।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ प्रस्ताव पेस गर्दै थापाले भने, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौँ।’

सुझावित समाचार