ताप्लेजुङका पर्यटकीय क्षेत्रको प्रचार गर्न गीत सार्वजनिक

आइतबार, ६ फागुन, २०८०
डिजिटल संस्करण

हिमाली जिल्ला ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने गरी ‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ बोलको गीत सार्वजनिक भएको छ। 

गीतको भिडियोमा कञ्चनजंघा, कुम्भकर्ण, सिन्जेमा ताल, ओलाङचुङगोला, दिक्की छ्योलिङ गुम्बा, तिम्बुङ पोखरी, फुङफङे झरना, तीनजुरे मिल्के, जलजलेलगायतका क्षेत्रहरूको दृश्य समेटिएको छ।

गीतमा वरिष्ठ साहित्यकार तथा ताप्लेजुङका सहायक प्रजिअ टंक भट्टराईको शब्द, शंकर थापाको संगीत, इन्जिनियर विश्व अधिकारीको संगीत संयोजन, किशोर थापाको मिक्समास्टर तथा चर्चित गायिका मिलन नेवार र ई.वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ।

जातीय विविधताअनुरूपकै सांस्कृतिक र मौलिक वेशभूषा र नृत्यलाई समेटेर बनाइएको यो गीति वृत्तचित्रलाई दुई भागमा विभाजन गरेर बनाइएको छ।

वृत्तचित्रका निर्माण संयोजक हर्कराज गुरुङ छन् भने वृत्तचित्र छायांकन केशव अधिकारीले र सम्पादन प्रकाश बस्नेतले गरेका छन्। सांस्कृतिकतर्फको छायांकन सुभाष लिम्बूले गरेका छन्। गीतको भिडियोमा दिनेश लिङ्खिम, प्रीति थुलङ, प्रिन्स लिम्बू, कुमार बनेम, अस्मी मादेनलगायतको अभिनय छ।

सुझावित समाचार