ग्राहकले ‘नेपाल पे’बाट क्युआर स्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । उक्त अफर नेपालभरि रहेका सम्पूर्ण सेल्सबेरीका स्टोरहरूमा ५–२० फागुनसम्म उपलब्ध हुने बताइएको छ ।
उक्त अफरमा ग्राहकले सेल्सबेरीको स्टोरमा सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआरमार्फत भुक्तानी गरी प्रतिदिन एक कारोबारमा क्यासब्याक तथा अफर अवधिभरि तीनपटकसम्म क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।
यसका लागि ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मोबाइल बैंकिङ तथा वालेटबाट कनेक्ट आइपिएस प्रयोग गरी ‘नेपाल पे’मार्फत स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।