बादल लिम्बूले ल्याए ‘सोल्टिनी’

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

गायक बादल लिम्बूले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन्। गीतकार शान्ति लिम्बूले लेखेको लोकशैलीको यो गीतमा बादल स्वयंले संगीत भरेका छन्।

भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक भएको यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा कलाकार गंगा लिम्बू र जमुना लिम्बू सोल्टिनीको भूमिकामा फिचर्ड छन्। उनीहरूसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपू लिम्बूको पनि अभिनय छ।

‘यो रोमान्टिक शैलीको प्रेमगीत हो। गीतमा लिम्बू संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बूले भने।

उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरण राईले गरेका हुन्। गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो।

सुझावित समाचार