दोस्रो संस्करणको नेपालले आइसिसी विश्वकप लिग– २ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ।
नेपालले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा ३३.१ ओभरमा पूरा गरेको हो। नेपालका लागि सोमपाल कामीले तीन, ललित राजवंशीले दुई र कप्तान रोहित पौडेलले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले घरेलु मैदानमै नामिबियाविरुद्ध कमजोर प्रदर्शन गर्याे। नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर एक सय ३२ रन मात्र बनाउन सक्यो।