केन्द्रीय कमिटी बैठकको तयारीमा एमाले

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने गरी आन्तरिक गृहकार्य सुरु गरेको छ । बैठकको तयारीका लागि एमालेले बिहीबार केन्द्रीय सचिवालयको बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।

सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा प्रस्ताव गर्नेछ भने स्थायी समितिले पारित गर्नेछ । १ माघमा समापन भएको बैतडीको झुलाघाटदेखि पाँचथर चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रापछि एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो ।

सचिवालयबाट १० फागुनबाट सुरु गर्ने गरी केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । केन्द्रीय सदस्यलाई भूगोल परिवर्तन गरेर जिम्मेवारी दिएपछिको प्रगति, मध्यपहाडी यात्राको समीक्षा, विभिन्न प्रदेशमा पार्टीको गतिविधि, चालू जिल्ला अधिवेशनलगायतका एजेन्डामा बैठकमा छलफल गर्ने एमालेको तयारी छ ।  
 

See More On

सुझावित समाचार