इन्डियन आइडलको टप टेनमा पुगेकी मेनुका राष्ट्रपति पौडेलद्वारा सम्मानित

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले इन्डियन आइडलको टप टेनमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति पौडेलले सोमबार शीतलनिवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन्। इन्डियन आइडलको टप टेनमा पुगेकी मेनुका बाहिरिसकेकी छिन्।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मिहिनेत गरी आफ्नो क्षमता देखाएर मुलुकको सान र गौरव बढाउने उल्लेख गरे।

मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै उनले मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे।

सुझावित समाचार