एथलेटिक्सका चन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

गत वर्ष काठमाडौंमा भएको १६औँ एसियाली क्रसकन्ट्री प्रतियोगितामा नेपाली खेलाडीले दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक जित्दाका प्रशिक्षक चन्द्र गुरुङ आइतबार पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

उनले मनोनयनको शीर्ष तीनमा रहेका बक्सिङका प्रशिक्षक दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पारे।

गुरुङकै नेतृत्वमा नेपाली टोलीले एसियन क्रसकन्ट्रीको जुनियर विधातर्फ पनि दुई रजत र एक कांस्य पदक जितेको थियो। उत्कृष्ट प्रशिक्षक घोषित भएसँगै गुरुङले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।

सुझावित समाचार