क्रिकेटर देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कारबाट सम्मानित भएका छन्।

पल्सर स्पोर्ट्स अवार्ड मनोनयनको शीर्ष तीनमा रहेका एथ्लेटिक्सका राममाया बुढा र बक्सिङका सुष्मा तामाङलाई पछि पार्दै उनले उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका हुन्। राष्ट्रिय टोलीका ब्याटर खनालले पल्सर मोटरसाइकल प्राप्त गरे।

खनालकै नेतृत्वमा नेपालको युवा टोलीले आठ वर्षको प्रतीक्षापछि आइसिसी यू–१९ क्रिकेट विश्वकपमा सहभागिता जनाएको थियो। उनी नेतृत्वको टोलीले एसिया क्षेत्रीय छनोटको च्याम्पियन भएर प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो।

देवले प्रतियोगितामा कुवेतविरुद्ध शतक प्रहार गर्नुका साथै फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध ५१ रनको इनिङ खेलेका थिए।

सुझावित समाचार