गौतमदास मानन्धरको ‘झिमिक्कै परेली’ सार्वजनिक [भिडियोसहित]

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

विगत चार दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक गौतमदास मानन्धरले ‘झिमिक्कै परेली’ गीत ल्याएका छन्। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ।

अनिल शाहीको शब्द तथा संगीत रहेको गीतमा गौतमलाई गायिका निशा देसारले साथ दिएकी छिन्। अञ्जु मानन्धरद्वारा निर्मित भिडियोमा मनोज महर्जन र हसना महर्जनको अभिनय रहेको छ। 

भिडियो छायांकन तथा सम्पादन अभिग्राफी र बबिन देसारले गरेका हुन्। भिडियोमा नृत्य निर्देशन रेश्मा खड्गी र सुमित शाहीले गरेका छन्।

गीतमा अहिले बजारमा चल्दै आएको लोक र आधुनिक रोमान्टिक डान्सिङ बिटको सम्मिश्रण रहेको छ। गायक मानन्धरले यसअघि एकल एल्बम, सदाबहार र नेपाल भाषाका थुप्रै गीत गाइसकेका छन्।

सुझावित समाचार