फागुन १८ गते रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’को भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ। एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द तथा रिकेश गुरुङको संगीत रहेको छ।
गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रवीन्द्र झालगायत फिचर्ड छन्।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ।
फिल्मको फर्स्टलुक सार्वजनिक भएदेखि नै चासोको विषय बन्नुका साथै केही दिनअघि सार्वजनिक भएको टिजरले चौतर्फी तारिफ पाइरहेको छ। टिजरबाट मिलेको सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ।