एनसेलले ल्यायो ‘डबल मज्जा प्याक’

प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरूप प्राप्त गर्ने

शुक्रबार, २६ माघ, २०८०
डिजिटल संस्करण

एनसेलले आफ्ना ग्राहकका लागि दुई गुणा डेटाको ‘डबल मज्जा प्याक’ योजना ल्याएको छ । कम्पनीले डबल मज्जा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो । यो अफरमा ग्राहकले सात दिन समयसीमा रहेको पाँच जिबी डेटा एक सय ५० रुपैयाँमा वा आठ जिबी डेटा दुई सय रुपैयाँमा ल्याएको हो ।

त्यस्तै, २८ दिन समयावधि रहेको ८८ जिबी डेटा आठ सय ८८ रुपैयाँमा ल्याएको जनाएको छ । प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरूप प्राप्त गर्नु यो प्याकको विशेषता रहेको कम्पनीको भनाइ छ । यदि कुनै ग्राहकले आठ जिबी प्याक खरिद गरेको सात दिनभित्र फेरि सोही प्याक खरिद गरेमा ग्राहकले १६ जिबी डेटा बोनसका रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सात दिन भ्यालिडिटी भएका एक सय ५० रुपैयाँ र दुई सय रुपैयाँका डबल मज्जा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिने जनाइएको छ । त्यस्तै, आठ सय ८८ रुपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिने कम्पनीको भनाइ छ । 

त्यस्तै, एनसेलले दुई सय २० रुपैयाँमा सात दिन समयावधि भएको कम्बो प्याक पनि ल्याएको जनाएको छ । यो प्याकमा ग्राहकले चार जिबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवा प्राप्त गर्ने उल्लेख छ । 

सुझावित समाचार