कप्तान रोहितले दिलाए ब्रेक थ्रु, अर्धशतक बनाएका क्यानडाका पर्गत सिंह आउट

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

नेपालका सबै मुख्य बलरको टाउकोदुखाइ बनेका क्यानडाका टप अर्डर ब्याटर पर्गत सिंह अर्धशतक बनाएलगत्तै पेभेलियन फर्किएका छन् । ५८ बलमा नौ चौकाको मद्दतमा ५० बनाएका पर्गतलाई नेपाली पार्टटाइम बलर कप्तान रोहितकुमार पौडेलले आउट गराएका हुन् । 

२.५ ओभरमा १९ रन हुँदा पहिलो, ५.६ ओभरमा ३५ रन हुँदा दोस्रो विकेट गुमाएको क्यानडाले १९.४ ओभरमा एक सय १४ रन बनाएपछि मात्र तेस्रो विकेट गुमायो । पर्गतले निकोलास किर्टोनसँग मिलेर ७९ रनको साझेदारी गरे । निकोलस अहिले पनि क्रिजमा छन् । 

सबै बलरलाई सहजै खेलिरहेका पर्गतविरुद्ध कप्तान रोहित आफैँ बलिङमा उत्रिएका थिए । रोहितविरुद्ध पनि ठूलो सट प्रहार गर्ने चक्करमा उनी ललितनारायण राजवंशीको हातबाट क्याचआउट भए । 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय २४ रन बनाएपछि क्यानडा जवाफी ब्याटिङमा छ ।

सुझावित समाचार