नेपालले गुमायाे सातौँ विकेट, पवन १५ रन बनाएर आउट

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेका पवन सरार्फ १५ रन बनाएर आउट भएका छन्। 

३४ बलमा एक चौका प्रहार गरेका पवनलाई साहिद अहमदजाईले एलबिडब्लू धरापमा पारेका हुन् । उनले राष्ट्रिय टोलीमा स्थान बनाउने ठूलो अवसर गुमाएका छन्। 

पवन आउट भएसँगै नेपाल १८१–७ को अवस्थामा छ । अलराउन्डर सोमपाल कामी र डेब्यु खेलाडी सूर्य तामाङ क्रिजमा छन्।
 

सुझावित समाचार