३ प्रश्न

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

कृषि अनुदान वास्तविक कृषकसम्म पुगेको छ कि छैन ? 
कृषिको अनुदान वास्तविक किसानकहाँभन्दा पनि गैरकृषककहाँ पुगेर दुरुपयोग भइरहेको छ । कृषि अनुदानमाथि आँखा लगाएका गैरकृषकले सामान्य कृषि फर्म देखाएको भरमा लाखौँ रकम लिएर गएको देखिन्छ । यसले गर्दा एकातिर वास्तविक किसानले सरकारी अनुदान लिएको अनुभूति गर्न पाएका छैनन् भने अर्कातिर लगानीको अभावमा कृषकले बीचमै कृषि कर्म छाड्नसमेत बाध्य हुनुपरिरहेको छ । 

वास्तविक कृषकको संख्या यकिन नभएकाले यो समस्या देखिएको हो ?
वास्तविक किसानको पहिचान हुन नसक्नु नै मूल कारण हो । कस्ता किसानलाई किसान मान्ने, कस्तालाई नमान्ने भन्ने अहिले मुख्य समस्या छ । किसानको पहिचान नभएसम्म सरकारले दिने अनुदान खेर गइरहन्छ । वास्तविक किसान वञ्चित भइरहन्छन् । कस्तो किसानले पाए, कुनु–कुन कृषि गरेबापत कति–कति अनुदान गयो, भन्नेबारे स्थानीय तह वा पालिकाले अनुगमन गरेको पनि देखिँदैन । 

‘कृषक समूह संंघ’ले अनुदानमा भइरहेको दुरुपयोगलाई कसरी हेरिरहेको छ ?
यसका लागि अहिले हामीले किसानको वास्तविक पहिचानलाई मुख्य मुद्दा बनाएका छाैँ । अनुदानमा भइरहेको दुरुपयोगलाई केन्द्रमा राखी किसानलाई समूह–समूहमा बाँडेर एकदमै तल्लो तहमा जानकारी गराउने, तालिम दिने गोष्ठी गर्ने काम गरिरहेका छौँ । सरकारलाई पनि अनुदानको विवरण राख्न र वास्तविक किसानसमक्ष पुर्याउन भनेका छौँ ।

सुझावित समाचार