नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर दुई हजार ८५.७१ विन्दुमा कायम भएको छ।
आज तीन सय १५ कम्पनीको ७६ लाख २४ हजार तीन सय ७६ कित्ता सेयर ६६ हजार पाँच सय ५९ पटक खरिद-बिक्री हुँदा रु दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौ सय रुपैयाँबराबरको कारोबार भएको छ।
व्यापार समूहको उपसूचक ०.५४ र अन्य समूहको उपसूचक ०.५५ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचकमा १.०७ प्रतिशतको वृद्धि देखिएको छ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ भने सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ७६ लाख दुई हजार चार सय ७० रुपैयाँबराबरको सेयर किनबेच भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को पाँच लाख तीन हजार नौ सय कित्ता सेयर खरिद-बिक्री भएको छ।