प्रतिनिधिसभामा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश पेस

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण
प्रतिनिधिसभामा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश पेस

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाउ आदेश पेस भएको छ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरेका हुन्। उक्त अध्यादेशमा सरकारका नीति तथा कार्यक्रम र बजेटमाथिको पूर्वछलफलका लागि समयावधि अगाडि सार्नेलगायत व्यवस्था समावेश छन्।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम ती आयोगको अवधि थप्नेसम्बन्धी बाधा अड्काउ फुकाउ आदेश पेस गरे।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ।

सुझावित समाचार