कृष्णनगरबाट साढे चार किलो चरेससहित महिला पक्राउ

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

कपिलवस्तुको कृष्णनगरबाट चार किलो ६ सय ४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छिन्। प्युठान जिल्ला गौमुखी गाउँपालिका– ३ बस्ने ३८ वर्षीया वासु घर्तीमगर पक्राउ परेको कपिलवस्तु प्रहरीले जनाएको छ। 

उनलाई शनिबार पक्राउ गरिएको हो। चरेस रुकुम पूर्वबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओली नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। 
 

सुझावित समाचार